• img
  • img
img img img
Categories
शिक्षा समाचार

आजदेखी एसईई परीक्षा शुरु

img

आकाश कुमार सप्तरी । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) आजबाट संचालन भएछ । जिल्लाभरि झण्डै साढे ९ हजारबढी परीक्षार्थीहरुकालागि ३६ वटा परीक्षा केन्द्र रुथापना गरिएका छन।

यस वर्ष सप्तरीमा नियमित तर्फ ८ हजार ५ सय ८४ र एक्जाम्टेड तर्फ १ हजार १३ गरि कुल ९ हजार ५ सय ९७ जना परीक्षार्थीहरु एसईई परीक्षामा सहभागि भएका छन । परिक्षमा संस्थागत तर्फ ४४, सामुदायिक तर्फ ७७ र एक खुला विद्यालय गरि जिल्लाभरिका १ सय २२ वटा विद्यालयका परीक्षार्थीहरु रहेका छन ।जसमा एक्जाम्टेडहरुकालागि राजविराजस्थित पवि मावि र राजदेवी मावि गरि २ वटा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिएका छ ।
परीक्षालाई मर्यादित गर्न केन्द्राध्यक्षका अतिरिक्त ४५ जना सहायक केन्द्राध्यक्ष र ४ सय १ जना निरीक्षक नियुक्त गरिने जिशिअ डोलराज पाण्डेले बताए । यस बाहेक प्रत्येक परीक्षा केन्द्रमा न्यूनतम १५ जना सुरक्षाकर्मी परिचालित गरिएका छन उनले बताए ।

सप्तरीमा यस वर्ष छात्रको तुलनामा छात्राहरु बढी संख्यामा परीक्षामा सहभागि हुने देखिएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीले उपलब्ध गराएको तथ्यांकका अनुसार नियमित तर्फ ५ हजार १ सय ५२ र एक्जाम्टेड तर्फ ७ सय १५ जना छात्राहरु सहभागि हुने भएको छ ।

यस्ते जिल्लाका छ वटा विद्यालयमा संचालित एसइइ प्राविधिक परीक्षार्थीहरुका लागि राजविराज मै केन्द्र रहेको छ। प्राविधिक तर्फ पशु, इलेक्टोनिक्स इन्जिनियरिंग, सिभिल इन्जिनियरिंग र कम्प्युटर इन्जिनियरिंगमा २१७ जना परीक्षाथी सहभागी रहेका छन ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी