• img
  • img
img img img
Categories
विजनेश समाचार

सनराईज बैंकले अब दुर्घटना बीमा पनि दिने

img

सप्तरी । सनराईज् लिमिटेडले अब आफ्ना ग्राहकलाई दुर्घटना बीमासँगै स्वास्थ्य उपचार खर्च पनि दिने भएको छ ।
बैंकले आफ्ना बचत खाता भएका ग्राहकहरुकालागि स्वास्थ्य उपचार बीमा सुविधा नयाँ ल्याएको हो । तर, दुर्घटना बीमा भने बैंकले आफ्ना स्थापनादेखि नै सञ्चालनमा राखेको छ ।

सोही क्रममा सनराईज्को राजविराज शाखाले बुधवार ‘स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धी’ एक अन्तरक्रियासमेत आयोजना गरी आफ्ना ग्राहकहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराएको छ ।

‘ग्राहकको खातामा भएको रकमको सालभरिको औषत बचतको २५ प्रतिशतसम्म वा बिल एमाउन्ट अनुसार स्वास्थ्य उपचार बीमा दिने नयाँ ब्यवस्था लागु भएको छ’, सनराईजको राजविराज शाखाका प्रमुख रोहित महासेठले भने, ‘यो दुवै मध्ये जो बढी हुन्छ, त्यस अनुसार ग्राहकले स्वास्थ्य उपचार बीमा वापत पाउनेछ ।’ तर, बैंकले यस्तो सुविधा एक लाख नबढ्ने गरी सिमितता लागु गरेको छ ।

यस्तै दुर्घटना बीमामा ५ लाख बराबरको सुविधा बैंकले आफ्ना बचत खाता ग्राहकलाई स्थापनाकालदेखि उपलब्ध गराउँदैआएको छ । १८ हजार भन्दा बढी बचत खाताधारी भएको सनराईजको राजविराज शाखाबाट हालसम्म दुई जनाले दुर्घटना बीमा वापतको सुविधा पाईसकेको शाखा प्रमुख महासेठले जानकारी दिए ।

img

Share: