• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

राजविराजको एक बिद्यालयमा सीसी क्यामेरा जडान

img

राजविराज । विद्यालयको पठनपाठन गुणस्तरीय एवम शौक्षिक सुधार बनाउनका लागि सप्तरी सदरमुकाम राजविराज–३ मा रहेको केशो अनिरुद्धवति माध्यमिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।

प्रधानाध्यापक फुलेश्वर मण्डल र व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र बर्मा ‘धीरु’ को पहलमा सो सीसी क्यामेरा जडान गरिएको हो ।

रु चार लाख दुई हजारको लागतमा विद्यालयको सबै कोठामा सीसी टिभि क्यामेरा जडान गरिएको प्रअ मण्डलले जानकारी दिनुभयो ।

साथै अगामी दिनमा विद्युतीय हाजिरीको समेत व्यवस्था गर्ने प्रअ मण्डलले बताउनुभयो ।

बिद्यालयको शैक्षिक सुधारका लागि कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयका सबै कक्षा कोठा, लेखा र प्रशासन फाँटसहित १३ वटा कोठामा सीसी कयामरा जडान गरिएको बिद्यालयले जनाएको छ ।

कक्षा कोठामा विद्यार्थीको पढाइ, शिक्षकले पढाउने तरिकालाई निगरानीमा राख्ने भएकोले पनि सीसी क्यामेरा जडान गरिएको प्रअ मण्डलले भन्नुभयो ।

वि.स. २००९ सालमा स्थापित सप्तरीको पुरानो विद्यालयमा हाल सात सय १५ विद्यार्थी अध्ययनरत रहेको बताइएको छ

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी