राजविराज । बालशिक्षीकाहरुका लागि प्रारभिक साक्षरता तथा गणितिय शिप सम्बन्धी पाँच दिने तालिम आज यहाँ सम्पन्न भएको छ ।
सवल नेपालले राजविराजमा आयोजना गरेको उक्त तालिममा प्रारमिभक गणितीय शिपहरुमा प्रष्ट भई बालबालिकाको शिक्षामा प्रयोग गर्ने,स्थानिय स्रोत साधनको परिचालन वा शौक्षिक सामग्री निर्माण र प्रयोग गर्ने सोच बिकास गर्ने उदेश्यले तालिम दिइएको छ ।
उक्त तालिममा २५ वटा बिद्यालयका २६ जना बालशिक्षीकाहरुलाई सहभागि गराइएर पाँच दिन सम्म बालबालिका सम्बन्धी तालिम दिइएको सवल नेपालका फिल्ड ओफिसर निरबहादुर आलेले बताउनुभयो ।
तालिममा भने भिमराय र योग प्रशिक्षक मिस्टर प्रसाद चौधरीले सहजिकरण गर्नुभएको थियो ।
सवल नेपालकी अध्यक्ष जुना गिरीको अधयक्षतामा सम्पन्न उक्त तालिममा सेभ द चिल्ड्रेनको सहयोग तथा सुरुङ्गगा र खडक नगरपालिका तथा बलान बिहुल गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको थियो ।