भुपदेव माली, कंचनरुप । आज वाम गठबन्धन (एमाले –माओवादी) को प्रतिनिधि सभा क्षेत्र नं.–१ को क्षेत्रीय भेला सम्पन्न भएको छ । कंचनरुप नगरपालिका सभा हलमा शिव नारायण साह को अध्यक्षतामा कार्यक्रम सुचारु भएका थिए ।
कार्यक्रमका सासंद सरिता गीरी यादव, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल ,विद्यायक एवं २ नं। प्रदेश संयोजक सत्य नारायण मण्डल, पूर्व उपसभामुख गंगा यादव, सकिल अलि, कंचनरुप नगरपलिका मयेर बशन्त मिश्रा लगाइत पार्टी कार्यकत्ताहरु बैठकमा सहभागी भका थिए ।
सो कार्यक्रममा वोल्दै पूर्व उपसभामुख यादवले हनुमाननगर कंकालिनी नगरपलिकाका मयेर माथि गम्भीर आरोप लगाएका छन । मेयर द्वारा गरिरहेको मनमानी, बजेट विनियोजन, बाँडफाँटमा आफनो मनपोल तरिका वाट कर्मचारी नियुत्ती, जनसंख्या ,क्षेत्रफलको आधार नमानी पार्टीगत र कमिशनका आधारका वजेट विनियोजित , अपादार्शिता गति विधिको बिरुधमा विपक्ष दलहरुका नेताहरु द्वारा एक मोर्चा वनाई विरोध गरे मात्र विकास कार्य सम्भव छ भने अवधारणा राख्नु भएका थिए ।
राष्ट्रिय सभा सदस्य प्याकुरे आफनो मन्तव्यमा बोल्दै भने माओवादी र एमाले बीच पूर्वकालमा कार्य नीति भिन्नता थियो । तर आज माओवादी हिंसात्मक पक्ष छोडि शांतिका मार्गवाट आएर एमाले जस्तै कार्य निति बनाएकाले आज पार्टी एकता कार्यआगाडी बढी आएको छ । अवको सरकार देशमा शांन्ति कायम गर्ने र विकास तिर उन्नमुख गर्ने बिश्वास लिएका छौं । प्रदेश नं.–२ मा मधेशी ,पहाडी तथा अन्य सम्प्रदायिकता रहेको अवस्था नरेहको कुराको चुनावमा ८ जना उम्मेदवारहरु वाट निर्विरोध हुनु घटनाले प्रमाणित गरेको छ भने कुरा राख्नु भयो ।
विद्यायक एवं २ नं.प्रदेश संयोजक मण्डलले भने अव योजनालाई सफल बनाउने मात्र मेरो उद्देश्य हो मन्त्री बनेका बैला दर्जनौ योजनाहरुमा वजेट दिए तर कुनै योजना पूर्ण सफल हुनसक्ने न यस बर्ष बजेटमा पूर्णरुपमा सफल हुने योजना मात्र बनाउने धारनादिनु भयो ।