• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

आज राम नवमी र चैते दशैं पर्व एकै दिन मनाइँदै

img

आकाश कुमार, सप्तरी। आज राम नवमी र चैते दशैं पर्व मनाइँदै छ । आज हरेक मन्दिर ,शक्ति पीठहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।
असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैंको दिन देशका विभिन्न मन्दिर छिन्नमस्ता भगवती, माँ कंकालिनी , भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवती लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ ।

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ। प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।

हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । साथै आजका दिन मधेशमा बिभिन्न ठाउँ मा राम, सिता, का मूर्ति निर्माण गरी पूजापाठ गर्ने गरिन्छ । त्यही ठाउँ मा बिभिन्न किसिमका नाच गान मेला लगाइ नै चलन छ ।

img

Share: