• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ ,५ थान मोटरसाइकल सहित

img

सप्तरी । सप्तरीको जिल्ला प्रहरीले चोरीका मोटरसाइकल सहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सप्तरीका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर प्रयोग गर्दैआएको ५ थान मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

छिन्नमस्ता गाउँपालिका १ का ३० वर्षीय सञ्जय यादव, डाक्नेश्वरी नगरपालिका ४ का १८ वर्षीय सञ्जयकुमार यादव, राजविराज नगरपालिका ७ का १८ वर्षीय प्रदीपकुमार राम र १९ वर्षीय राजेशकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई मोटरसाइकल चोरी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर आवश्यक कानूनी कार्वाही प्रक्रिया अगाडि बढाएको जनाईएको छ ।

img

Share: