• img
  • img
img img img
Categories
शिक्षा समाचार

पाँच दिने तालिम सम्पन्न

img

राजविराज, चैत्र । सेभ द सप्तरीको स्पोन्सरशिप कार्यक्रमम अन्र्तगत प्रारम्भिक साक्षरता र गाणीतिय अवधारण शिप सम्बन्धी पाँच दिने तालिम आज यहाँ सम्पन्न भएको छ ।

राजविराजमा संचालन गरेको उक्त तालिममा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका ५,७,८ र बिष्णुपुर गाउँपालिकाका १,२,३,४ वडा तथा छिन्नमस्ता गाउँपामलिकाका ४ ,६ वडाका बालबिकासमा कार्यरत महिलाहरुलाई सो तालिम दिएको हो ।

सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा संचालन भएको उक्त तालिममा बालबालिकालाई पढन र लेखन कसरी सिकाइने, करिब जिल्लमा ३७ प्रतिशत बालबालिका पढन नसकेकालाई खेल र सामग्रीको माध्यमबाट शिकाउने लगायतका शिपहरु सहभागिहरुलाई शिकाईएको प्रशिक्षक भिम राईले जानकारी दिनुभयो ।

करिब २५ जना बालबिकासमा कार्यरत महिलाहरुलाई सहभागि गराएर सो तालिम दिएको सेभ द सप्तरीका फिल्ड औफिसर घुरण यादवले जानकारी दिनुभयो ।

प्रशिक्षण भने सेतो गुराँशका भिमा राई, डान्स शिषक सुशिल मगर र योग शिक्षक मिसटर चौधरीले गर्नुभएको थियो ।

समापन्न समाहरोमा सेभ द चिल्डेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, शिक्षा कार्यक्रम संयोजक खिलनाथ निरौला लगायतकाले शुभकामना मतब्य दिनुभएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी