• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मेयर माथि गम्भिर आरोप, वामगठबन्धनको नगर बैठक सम्पन्न

img

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदह स्थित वामगठबन्धनको नगरसभा बैठक सम्पन्न भयो ।
हनुमाननगर कंकालिनी न.पा.को नगरसभाका संयोजक लक्ष्मण मण्डलको अध्यक्षतामा बैठकबसी नगरका समस्यहरु तथा कार्यकर्ता सँग छलफल कार्यक्रम सम्पन्न भएका छन । सो कार्यक्रममा बिभिन्न गतिविधि तथा नगर विकास लगाइत बिषयबस्तुमा केन्द्रित भई छलफल आरम्भ कार्यक्रम संचालन ब्रजकिशोर मण्डलले गरेका थिए ।

कार्यक्रममा पूर्व उप–सभामुख गंगा यादव, प्रदेश नं.–२ का सदस्य शैलेन्द्र झा, तथा पूर्व क्षेत्रीय संयोजक देवनाथ यादव, क्षेत्रीय संयोजक सोवितलाल यादव,सदस्यहरु लगाएत उपस्थिित थिए ।

कार्यक्रममा मन्तव्य दिंदै कार्यकर्ता प्रशिक्षिण, वजेट विनियोजन,नगरविकास, राजैतिक सदभाव, कार्यकर्ता समस्यहरुको बारे के कसरी वडा समिति समाधन गर्ने बारे प्रदेश सदस्य आफनो मन्तव्यमा राखेका थिए ।

नगर संयोजक मण्डलले नगरपालिका मेयरले आफनो पार्टीलाई वैवस्था गरेको गम्भिर आरोप लगाएका थिए । मेयरले गरेको प्रथम नगरसभामा हाम्रो पार्टीलाई आमन्त्रण समेतवाट बन्चित गरेको आफनो पार्टी कार्यकर्ता सहयोगीलाई मात्र प्राथमिकता दिएको गुनासो व्यक्त गरे , भने नगरप्रमुखले आफनो मनोमानी तरिकाले बजेट विनियोजन, पार्टीगत, कमिसनको आधारमा जनसंख्या भुगोलिक मान्यता नदिई बढी कमिसन आउने ठाउँमा मात्र कमिसन लिने मास्टर माईड तवरवाट वजेट वाँटफाँड गरेको आरोप लगाएका छन । के को प्राथमिकता दिएको भने प्रश्न उठाएका छन । कस्तो विनियोजीत ४५००सय जनसंख्या भएको वडालाई ७२ लाख र ६०० सय जनसंख्या भएका वडालाई ८२ लाख के को आधार हो कमिसन को हो कि, विकास को हो भन्ने तिखा प्रहार मण्डलले आफनो मन्तव्यमा व्यक्त गरेका छन ।

कार्यक्रममा पार्टीका चौतर्फ विकासका लागी के कसो लक्ष्यहरु लिनुपर्ने सदस्यहरुलाई एकिकृत गर्ने आयोजना बनाउनु पर्ने तर्फ बृहत छलफल गरेका थिए ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी