• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सहकारी

६१ औं राष्ट्रिय सहकारी दिवस मनाइदै, सहकारीकर्मीको गुनासोलाई सम्बोधन गर्दै मन्त्री साह

img

आकाश कुमार,सप्तरी । “दिगो आर्थिक विकास लक्ष्य प्राप्तिका लागी सहकारी” भन्ने नाराका साथ ६१ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

वि.स. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

बखानपुर नेपालकै पहिलो सहकारी संस्था हो । हाल नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी ३० हजार बढी सहकारी संस्था छन् । नेपाल सरकारले तीनखम्बे अर्थनीति अंगालेको छ, त्यसमध्ये एक सहकारी पनि हो ।

दिवसको अवसरमा मंगलबार बिहान सप्तरी जिल्ला संघको आयोजनामा राजविराज बजार भरी प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । सप्तरी जिल्ला भरी १लाख १० हजार सहकारी कर्महरु भएको अवस्थामा आज आयोजित कार्यक्रम भव्यता साथ जिल्ला सभा हलमा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद दत्त को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएका छन ।

स्थानीय तह सञ्चालनको स्पष्ट कानुन बनाएर गाउँपालिका र नगरपालिकाको कामलाई व्यवस्थित गर्न सप्तरीका किसानले प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमार्फत प्रादेशिक सरकारको ध्यानाकर्षण गराएका छन्।

मुलुक संघीय संरचनामा अगाडि बढे पनि स्थानीय तह सञ्चालनको स्पष्ट कानुन नहुँदा किसान प्रत्यक्ष मारमा परेकाले मन्त्रीस्तरीय निर्णय गरेर भए पनि त्यस विषयमा तत्काल पहल थाल्न उनीहरुले मन्त्री शैलेन्दप्रसाद साहको ध्यानाकर्षण गराए।

यसैगरी, मनकामना सहकारी संस्थाकी सञ्चालक श्याममाया रोकाले किसानहरु हरेक वर्ष बिउ, मल, सिँचाइ लगायतका समस्याले पीडित हुने गरेको बताउँदै यस वर्ष समयमै यसको समाधानका लागि तीनै तहका सरकारले गम्भीर भएर लाग्नु पर्ने धारणा राखिन्।

राज्यका तर्फबाट समयमा बिउ, मल र आवश्यक कृषि सामग्रीको व्यवस्थापन हुँदैन, भए पनि कम गुणस्तरका वस्तु भिडाउने परिपाटीले किसान आजित छन्’, रोकाले भनिन्, ‘त्यसपछि किसानले बाध्य भएर भारतबाट लुकिचोरी सामान ल्याएर काम चलाउनु परिरहेको छ। यसको दोष सरकारले बोक्ने कि किसानलाई बोकाउनेरु’

प्रदेशसभा सदस्य गोविन्द न्यौपाने र रुवी कर्णले पनि किसानका समस्यालाई समाधान गर्ने दिशामा सरकारका क्रियाकलाप केन्द्रित हुनुपर्नेमा जोड दिए।

किसान र सहकारीकर्मीको गुनासोलाई सम्बोधन गर्दै मन्त्री साहले गलत बिउ बिजन सिफारिस भएका कारण किसानले भोग्नुपरेका समस्याका विषयमा तत्काल छानबिन गरी क्षतिपूर्ति दिलाउने तथा आगामी दिनमा किसानलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन कानुन निर्माण गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी अतिथि मन्त्री गण, प्रदेशसभा सदस्यहरु लगाइत नगरपालिका, गाउपालिका , प्रमुख र उपप्रमुखहरु लाई दोसला ओढाई, मायाको चिनो साथ सम्मान गरेका थिए ।

कार्यक्रमका दृश्यहरु

सप्तरी जिल्ला प्रमुख लाई सम्मान
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लाई सम्मान
कार्यक्रममा सहभागी सहकारी कर्मीहरु
img

Share:
img

ताजा अपडेट

क्याटोगरी