• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

८१औं हप्ताको अवसरमा सरसफाई सम्बन्धी चेतना जगाउँदै डस्टबिन राख्ने कार्य

img

सप्तरी । युवाहरुले शुरु गरेको सरसफाई अभियान ८१ हप्ता पूरा गरेको छ । ८१औं हप्ताको अवसरमा सरसफाई सम्बन्धी चेतना जगाउँदै फोहोर फ्याँक्ने डस्टबिन राखिएको छ ।

धेरै फोहोर रहने ठाउँहरुमा डस्टबिन राखिएको छ । डस्टबिन राख्न स्थानीयहरुले पनि सहयोग गरेका थिए । राजविराजको गजेन्द्र चोकदेखि पश्चिम अदालत रोडसम्म ११ वटा डस्टबिन राखिएको छ ।


यो लाइनमा कपडा र कागजको फोहोर अत्यधिक हुने गरेकाले पहिलो चरणरमा यी ठाउँहरुमा डस्टबिन राखिएको सप्तरी युथ नेपालले जनाएको छ ।
नगरपालिकाकै बासिन्दाहरुको सहयोगमा प्राप्त भएको डस्टबिन उनीहरुको नामै लेखेर राखिएको सप्तरी युथ नेपालका जयकृष्ण यादवले बताए । फोहोर हुन नदिन र आफ्नो अगाडिमा कुनै फोहोर नफ्याँक्न यसअघि ७९ औं हप्ताको सरसफाईमा जनचेतना जगाइएको थियो । त्यस क्रममा स्थानीयहरुले आफ्नै घर अगाडि डस्टबिन राख्ने प्रतिबद्धता जनाएका थिए ।
उनीहरुकै सहयोगमा डस्टबिन राखिएको र उनीहरुले रेखदेख पनि स्वयं गरी त्यसमा फोहोर फाल्न सहमत भएको सप्तरी युथका अर्का सदस्य जकाउल्लाहले बताए ।
सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा सप्तरी युथ नेपालद्धारा सरसफाई अभियानको प्रारम्भ गरिएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी