• img
  • img
img img img
Categories
प्रदेश समाचार

हनुमान आराधाना मण्डल नेपालको तेश्रो जिल्ला अधिवेशन सम्पन्न

img

राजविराज। हनुमान आराधाना मण्डल नेपालको तेश्रो जिल्ला अधिवेशन आईतबार यहाँ सम्पन्न भएको छ ।

जिल्लाको शुम्भुनाथ नगरपालिका ४ मा आयोजित अधिवेशनमा हिन्दु धर्मलाई संरक्षण एवम सम्बद्र्धन तथा यसमा रहेका बिकृतिहरुलाई हटाउनु पर्नेमा बिभिन्न वक्तहरुले जोड दिएका छन ।

नेपालमा बहुसंख्यक हिन्दुहरु रहेपनि धर्मनिप्रेक्ष गरिएकोमा त्यसलाई हिन्दु राष्ट्रिय कायम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सो अवसरमा बिशिष्ट अतिथि क्षेत्र नं. ३ का प्रतिनिधि सभा सांसद चन्द्रकान्त चौधरीले आफु पनि धार्मिक प्रबितिकै ब्यक्ति रहेको बताउर्दे अगामी दिनमा हनुमान आराधाना मण्डल नेपाललाई आफुबाट हुन सकने सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

झुमर मलको प्रमुख अतिथियमा सम्पन्न अधिवेशनबाट हनुमान आराधाना मण्डल नेपालको १० सदस्य जिल्ला कार्य समिति सर्वसम्मतिले चयन गरिएको छ ।

जस्मा अध्यक्ष डा दनालाल साह,महिला उपाध्यक्ष सोना देवी यादव, उपाध्यक्ष अवद्धबिहारी सरण, सचिव बद्री नारायण देव, सह–सचिव आन्दी प्रसाद साह, कोषाअध्यक्ष तेजानन्द साह रहेको छ ।

त्यस्तै सदस्यहरुमा झवर मण्डल,रामनारायण यादव,देवनान्द यादव र रामचरण ठाकुर रहेको नवनिर्वाचित अध्यक्ष डा दनालाल साहले बताउनुभयो ।

यसैबिच सो अवसराम हनुमान आराधाना मण्डल नेपालको जिल्ला कार्यालय निमानार्थका लागि प्रमुख अतिथि झुमर मल र उनका छोरा जगन्नाथ मुन्घडाले करिब रु २० लाख मुल्य पर्ने एक कठ्ठा जग्गा दान गरेकोमा प्रतिनिधि सभा सासंद चौधरीले सम्मान पत्र समेत उहाँलाई प्रदान गर्नुभएको केन्दीय अध्यक्ष रामनारायण ठाकुरले जानकारी दिनुभएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी