राजविराज। सप्तरीको बलान बिहुल गाउँपालिका ३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उदद्येगमा गएराति आगलागी हुदा रु २० लााख मुल्यबरावरको क्षति भएको छ ।
बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा फर्निचर उद्योग संचालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा बिद्युत सर्ट भई आगलागी हुदा निजको फर्निचर उद्योग पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै छिमेकी देब नारायण साफिको एउटा घर , जिबछ साफिको तीन वटा, लक्षमी साफिको दूई र चन्देश्वर यादबको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ ।
सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल,कुर्सी,दराज,पलङ्ग लगायतका समान जलेर नष्ट भएको पिडित शर्माले बताउनुभयो ।
आगलागीबाट खाद्यान्न,लताकपडा,भडार्वतण, सुन, चाँन्दी गरगहना, र नगदसहित रु २० लाख मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
आगोलाई स्थानियबासी, प्रहरी र राजविराजबाट गएको बरुण यन्त्रणले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय , सप्तरीले जनाएको छ ।