• img
  • img
img img img
Categories
प्रदेश समाचार

इटहरीबाट आफ्नै साथीले एक युवालाई पेट्रोल छर्केर आगो लगाए

img

इटहरी । इटहरी वडा नं. ७ को बज्राहामा शनिबार बिहान जाँड–रक्सी पिएर विवाद हुँदा आफ्नै साथीले एक युवालाई पेट्रोल छर्केर आगो लगाएका छन्।
२५ देखि ३० बर्ष उमेर समूहका चार जना युवा शुक्रबार रातिदेखि जाँड–रक्सी पिएर मातेपछि शनिबार बिहान १ बजेतिर विवाद हुँदा इटहरी वडा नं. ७ का वासु राईलाई आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाएका हुन्।
रातिभरि जाँड–रक्सी पिएपछि सम्हालिन नसकेकायुवाहरुमध्ये तीन जना युवा मिलेर बासुलाई पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगो लागेर सिकिस्त भएका बासुलाई तत्काल उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको इटहरीका डिएसपी सञ्जय राउतले बताए ।
घाइते राईको शरीर पुरै जलेको छ।‘आगो लगाएपछि तीनै युवाले निभाएछन् र गाउँलेले देखेपछि थप सहयोग गरेछन,’ डिएसपी राउतले भने, ‘मातेको सुरमा ख्याल ख्यालमा आगो लगाएको हो वा वास्तविक लगाएको भन्नेमा अनुसन्धान भइरहेको छ।’
आगो लगाउने मध्ये सुरज लिम्बु पक्राउ परेपनि अन्य दुई जना फरार भएकाले खोजतलास भइरहेको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी