• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा स्वागत गर्ने तयारी

img

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको छ । आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् । स्रोतका अनुसार, मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ । मोदीको समयको चापलाई हेरेर मिति तय गर्ने गृहकार्य भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । सोहीले प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो देखिएका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएका थियो ।

नेपाल भ्रमणका क्रममा मोदीले जनकपुरधामसमेत भ्रमण गर्ने गरी तयारी भइरहेको स्रोतले बताएको छ ।

img

Share: