• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

बैशाख २३ गते संघीय संसदको बैठक बोलाउन

img

काठमाडौं। सरकारले आगमी बैशाख २३ गते संघीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै बैठकले वीरगञ्जस्थित एकीकृत जाँच चौकी हस्तानतरणका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने, शान्ति सुव्यवस्था कायम गर्न विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र बैदेशिक रोजगारको न्यायसेवामा रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी