जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ ।
मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् ।
साथै बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मोदी काठमाडौं आउनेछन् र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
‘पटनातिरबाट सीधै जनकपुर आउनुहुन्छ र काठमाडौं हुँदै मुक्तिनाथ जानुहुन्छ,’ जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले भने ।