• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

घुस रकम सहित नायव सुब्बा यादव पक्राउ

img

आकाश कुमार सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको जिल्ला समन्वय समिति राजविराज सप्तरीका नायव सुव्वाका कार्यरत जुगेश्वर प्रसाद यादवलाई आज रु १ लाख ३५ हजार घुस रकम सहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रहरी उपरिक्षक ओमप्रकाश खनालको नेत्तुवमा आएको टोलीले जिल्लाको महुली खोला पुनः निर्माण योजना ठेक्काका कंम्पनी सँग ५ प्रतिशत कमिसन रकम माग गरेको उजुरीपरेकाले रकम सहितको अवस्थामा यादवलाई पक्राउ गरिएको अख्तियारको सुचना अधिकारी नरेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यादवले सो कमिसन बापत रु १ लाख ३५ हजार सेवाग्रहरीबाट घुस लिदै गरेको अवस्थामा उपक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यता पक्राउ परेका यादवलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोली इटहरी लगिएको सुचना अधिकारी भट्टराईले जनाकारी दिनुभयो ।

img

Share: