• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

बास्तविक बाढी पिडितहरुको नामै नरहेको, गैर पिडितहरुको नाम राखेर राहतको दुरुपयोग

img

सप्तरी । हनुमाननगर नगरपालिका वडा–१ भारदहका बाढी पिडित संघर्ष समिति द्वारा नगर प्रमुख र जिल्ला प्रमुख अधिकारीलाई ज्ञापन–पत्र बुझाईका छन ।

गत वर्ष असारको दोश्रो साता तथा त्यस पश्चात साउनको अन्तिम साता तिर पटक पटक आएको बाढीले यस हनुमाननगर कंकालनि नगरपालिका वडा नम्बर १लाई हदै सम्म प्रभावित पारेको तथ्य यहाँहरुलाई विदितै छन । बाढीका कारण जिल्लाका अन्य कतिपय ग्रामिण भेगहरु जस्तै यहाँका सर्वसाधारणहरु पनि कयौ दिन पूर्व पश्चिम राजमार्गको छेउ तथा नहरका डिलहरुमा विस्थापित सरह नै जिवन यापन गर्नु परेको थियो । बाढीले धनजनको क्षति पु¥याउनुका साथै यहाँका किसानहरुले लगाएको धान तथा केरावालीलाई पनि हदै सम्म क्षतिग्रस्त तुल्याएको ब्योहोरा कसैवाट लुकेको छैन ।

बाढीले यसभेगका सर्वसाधारणलाई पु¥याएको क्षति सहि आकलन सहित उचित राहतको व्यवस्था अझै पनि राज्य वा अन्य सरोकारवाला निकायहरुवाट हुन सकेको छैन ।

बाढी लगत्तै स्थानिय तहको निर्वाचन सम्पन्न भएकोले जन निर्वाचित प्रतिनिधिहरुले बाढी पिडितहरुको पिडा र समस्यालाई बुझ्दै राहत तथा क्षतिपुर्तिकालागि आवश्यक पहल गर्ने छन् भने सर्वसाधारण बाढी पिडितहरुको अपेक्षा थियो ।

यद्यपी स्थानिय तह निर्वाचन पश्चात जन प्रतिनिधिहरुले पदभार ग्रहण गरेको ६ महिना बढि वितिसक्दा पनि हाम्रो समस्या र पिडा वारे जनप्रतिनिधिहरुले खासै चिन्ता र चासो सम्म देखाउन सकेको छैन । उल्टै स्थानिय सरकार र जिल्ला प्रशासनको रवैयाले बाढी पिडितहरुलाई आहात नै गर्न खोजिएको छ ।

बाढी पिडितहरुका लागि नेपाल सरकारले उपलब्ध गरान लागेको नगद सहितको राहत वितरणका निम्ती स्थानिय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयले तयार गरेको बाढी पिडितहरुको सूचि अत्यन्तै धान्धली युक्त, राजनीतिक बैमनश्यताले अभिप्रेरित भएर स्थानिय तहका कर्मचारी एवम् जन प्रतिनिधिहरुका आसेपासेहरुलाई फायदा पु¥याउने खालको रहेको स्थानीयहरु गुनोसो छ ।

बाढी पिडितहरुको उक्त सुचिमा बस्तविक बाढी पिडितहरुको नामनै नरहेको तथा गैर पिडितहरुको नाम राखेर राहतको दुरुपयोग गर्न खोजिएको हुँदा उक्त राहत वितरण कार्य तत्कालै रोकेर बाढी पिडितहरुको नाम र विवरण उपर आवश्यक छानविन सहित बास्तविक पिडितहरुको नाम समावेश गरियोस भन्ने माग रहेको छ ।

साथै गैर पिडितहरुको नाम राहत सुचिवाट हटाउँदै वदनियत पुर्ण तरिकाले तथ्यांक संकलन गर्ने माथि आवश्यक कारवाहि समेत गर्नुपर्ने माग राख्दै बढी पडिति संघर्ष समिति ज्ञापन पत्र बुझाइका छन ।

img

Share:
Tags