काठमाडौं । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आफ्नो गाडीहरु थन्क्याएर राखेपछि सरकारले धमाधम ब्यवसायीहरुलाई पक्राउ गरेको छ ।
शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहालगायतका धेरै व्यवसायीहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् ।
गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारीहरुलाई यातायात व्यवसायी पक्राउ गर्न निर्देशनदिएपछि धमाधम पक्राउ पर्न थालेका हुन् ।
सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखी हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।