• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

स्वास्थ्य तथा पोषण सप्ताहा सम्बन्धी बैठक सम्पन्न

img

राजविराज। बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सम्बन्धी बैठक आज राजविराजमा सम्पन्न भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको सो बैठकमा सप्तरी जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिका गरि १८ वटा स्थानिय तहका स्वासथ्य संयोजक तथा जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्तहरुलाई सहभागिता गराइएका छन ।

सवल नेपालको सहयोगमा आयोजित सो बैठककमा आ–आफनो स्थानीय तहका बिद्यालयहरुमा भावयताको साथ बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताहा मनाउन आग्रह गरिएको सवल नेपालका कार्यक्रम स्वास्थ्य अधिकृत शिवशंकर यादवले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको प्रमुख अतिथियमा सम्पन्न भएको सो बैठककमा यही जेष्ठ १ गते देखि ७ गते सम्म प्रत्येक समुदायक बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह भब्यताका साथ मनाउन गईरहेको हुनाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आग्रह गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयकाअधिकृत कपिलदेव साहको अध्यक्षतामा सम्पन्न भएको बैठक संचालन भने भागवत यादवले गर्नुभएको थियो ।

img

Share: