• img
  • img
img img img
Categories
खेलकुद प्रदेश समाचार

पाँच दिने खेलकुद अभिमुखिकरण कार्यक्रम सम्पन्न

img

भुपदेव माली, भारदह । राष्ट्रियका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ हनुमाननगर कंकालिनी नगरपालिकाको आर्थिक सहयोगमा जनविकास सा्रेत केन्द्र धनुषा जनकपुरका आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

पाँच दिने खेलकुद अभिमुखिकरण कार्यक्रम संचालित गरेको थिए । सोको आज अन्तिम दिन वि.पि.माध्यमिक बिद्यालय भारदहमा गरी समापन्न गरेका जानकारी बैजनाथ यादव बताए ।

सो कार्यक्रममा १५० जना छात्र–छात्राहरुको सहभागीता थियो । मो. इमामउदीनले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भिमराज मण्डलले गरेका थिए भने अध्यक्षता स्रोत केन्द्रका बैजनाथ यादवले गर्नु भाको थियो ।

कार्यक्रममा बल्दै वडा अध्यक्ष मण्डलले भने स्वच्छ समाज निर्माणमा खेलकुदको अहम भुमिका हन्छ, खेलकुदको माध्यमवाट शारिरिक व्याम गरेको अनुभुत हुन्छ । शिक्षा माध्यले खेलकुद बारे पटक पटक जनाकारी दिदै आएको स्रोत केन्द्रलाई अभार प्रकट व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरपालिकालाई धन्यवाद दिदैं बिगतमा यस्तो कार्यक्रमको आयोजनामा सहभागी गराउन अवसर दिन समेत अग्रह गर्दे कार्यक्रम सम्मापन्न गरेका थिए ।

img

Share:
Tags