भारदह ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा–१ भारदहका बाढी पिडितहरुले शुक्रवार आन्दोलनको कार्यक्रम अनुसार वडा कार्यालय सँग ज्ञापन–पत्रको माग बारे लिखित स्पष्टीकरण माग गरेका थिए ।
बाढी पिडित संघर्ष समिति भारदहका संयोजक रंजित कुमार खडगाको नेतृत्वमा वडा अध्यक्ष सँग स्पष्टीकरण माग गरेका थिए ।
राजनैतिक बैमनश्यताल अभिप्रेरित भएर स्थानिय तहका जनप्रतिनिधि एवम कर्मचारीहरुले आफना आसेपासेहरुलाई बाढी पिडितहरुको नाम राखेर बनाएको लिस्ट बिरुधमा तिन दिन देखी आन्दोलित छन ।
स्थानिय सरकार र जिल्ला प्रमुखले खासैं चासो नदेखाएकाले आन्दोलन क्रमीक बढाईरहेको संघर्ष समिति संयोजकले बताए ।
आगामी कार्यक्रममा वडा कार्यालयलाईमा तालाबन्दी गर्ने कार्यक्रम रहको समेत बताए ।