विराटनगर । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) पूर्वाञ्चलले यही वैशाख २७ गतेबाट पूर्वाञ्चलका दुर्इ ठुला सहरमा शैक्षिक मेला आयोजना गरेको छ । पुर्वाञ्चलमै पहिलो पटक आयोजना हुन गर्इरहेको शैक्षिक मेलाबाट विद्यार्थीले ब्द्यच्इब्म् क्त्ग्म्थ् का विविध विषयमा जानकारी पाउन सक्नेछन् ।
कक्षा १२ को परीक्षा दिएका विद्यार्थी तथा ब्याचलर मास्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीलार्इ एकै छानामुनि विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देश, विश्वविद्यालयका बारेमा विस्तृत जानकारी दिनका लागि शैक्षिक मेलाको आयोजना गरिएको हो ।
शैक्षिक मेलामा नेपालका ख्यातिप्राप्त र नेपाल सरकार शिक्षा मन्त्रालयबाट समेत मान्यता प्राप्त शैक्षिक परामर्श संस्थाहरूले समेत शैक्षिक मेलामा सहभागिता जनाएकोले विद्यार्थीले एकै छानामुनि धेरै कन्सल्टेन्सीका बारेमा समेत जानकारी पाउने इक्यान पूर्वाञ्चल अध्यक्ष रोशन निरौलाले बताए । ‘मोफसलमा भएका कन्सल्टेन्सीले राम्रो काउन्सेलिङ गर्दैनन, ब्द्यच्इब्म् क्त्ग्म्थ् मा जाने हो भने, काठमाडौं नै गएर प्रोसेसिङ गर्नुपर्छ भन्ने मानसिकता बदल्न पनि यो शैक्षिक मेला आयोजना गरिएको हो ।’ उनले भने ।
आउँदो वैशाख २७, २८ र २९ गते झापाको विर्तामोड तथा ३० र ३१ गते मोरङको विराटनगरमा हुन गर्इरहेको शैक्षिक मेलामा दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट विद्यार्थीलार्इ करियर काउन्सेलिङ गर्नेछन् ।
मेलामा आउने विद्यार्थीलार्इ विभिन्न देशको शैक्षिक अवस्था, त्यहाँका विश्वविद्यालय, कलेज, रहनसहन, भिजा प्रोसेसिङका प्रक्रिया, लागत तथा त्इभ्ँी, क्ष्भ्ीत्क्, ल्ब्त्, व्ीएत्, क्ब्त् जस्ता विषयमा कसरी राम्रो अङ्क ल्याउने विषयमा समेत काउन्सेलिङ हुने आयोजक कमिटीका संयोजक दीपक गौतमले जानकारी दिए ।
ब्रिटिस काउन्सिल प्रस्तुतकर्ता रहेको शैक्षिक मेलाको इन एशोसिएन विथमा काठमाडौं इन्फोसिस रहेको छ । अस्ट्रेलियाको प्रतिष्ठित कलेज क्विन्सफर्ड कलेज पावर्ड वार्इ रहेको फेयरको मेन स्पोन्सरमा न्यू एेरा इन्ष्टिच्युट, सपोर्टेडमा कंगारू एजुकेशन फाउण्डेशन, प्रमोटरमा अस्ट्रेलियाको जीआइवीए रहेका छन् ।
मेलामा अस्ट्रेलिया, क्यानडा, न्यूजल्याण्ड, बेलायत, अमेरिका, युरोप, जापान, भारत, बङ्गलादेश जस्ता प्रतिष्ठित शैक्षिक गन्तव्य भएका मुलुकका उत्कृष्ट विश्वविद्यालय र कलेजका प्रतिनिधीहरूको सहभागिता रहने छ । ‘मेलामा विद्यार्थी अभिभावकले प्रत्यक्ष रूपमा सम्बन्धित देशका प्रतिनिधि र नेपालका आधिकारिक परामर्शदाताबाट शैक्षिक परामर्श लिन पाउने कार्यक्रम रहेकोले सम्पूर्ण विद्यार्थी अभिभावकलार्इ निमन्त्रणा गर्दछौं ।’ इक्यान पूर्वाञ्चल सचिव भीम बहादुर लिङथेपले बताए ।
पाँच दिनसम्म सञ्चालन हुने मेलामा करिब ५ हजार विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ । पूर्वाञ्चलमै पहिलो पटक वृहद् रूपमा शैक्षिक मेला आयोजना गरिएकोले पनि आम विद्यार्थीलार्इ चासो र कौतुहलता भएको मेला आयोजक समितिका सहसंयोजक रवि गुप्ताले बताए ।
मेलामा मोरङ र झापाका प्रतिष्ठत शैक्षिक परामर्श संस्थाका साथै काठमाडौंका नाम चलेका शैक्षिक परामर्श दाता संस्थाहरू, काठमाडौं इन्फोसिएस, कंगारू एजुकेशन फाउण्डेशन, यूरो अमेरिकन, एक्सपर्ट एजुकेशन भिजा सर्भिसेज, क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्ननोलोजी, इडियू कन्सल्टेन्सी, फास्ट ट्रयाक, इन्डो वल्र्ड, इनलार्इटेन कन्सल्टेन्सी लगायतको ६० भन्दा बढी स्टलहरू राखिएको छ ।