जनकपुर । मधेश देशमा स्वागत छ, फ्री मधेश’ लेखिएको ब्यानर देखाउने तथा जय मधेशको नारा लगाउने एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।जनकपुर । मधेश देशमा स्वागत छ, फ्री मधेश’ लेखिएको ब्यानर देखाउने तथा जय मधेशको नारा लगाउने एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा डा.सीके राउतका कार्यकर्ताहरु छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रमबाट स्थलबाट उनीहरलाई नेपाल प्रहरीले पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ।
पक्राउ परेका मध्ये १५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। अन्यहरुलाई जानकी प्रहरी चौकीलगायतको प्रहरी चौकीमा छन्।
पक्राउ पर्नेहरुमा एक महिलासमेत छन्।
स्वतन्त्र मधेश गठबन्धनका अनुसार पक्राउ परेको जानकारी आएकाहरुमा रंजित यादव, अरुण सहनी, राम शंकर यादव, दीपेन्द्र यादव,भोगेन्द्र शर्मा, शशिकला यादवलगायतका छन्।
मोदीको जनकपुरधाम भ्रमणको १५ तस्बीर