• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सम्पर्कविहीन मकालु एयर विमान बाजुरामा भेटिए

img

काठमाडौं । मकालु एयरको सम्पर्कविहीन 9N AuJ विमान बाजुरामा भेटिएको छ ।

सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।  कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए ।

‘सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले  भने, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’

img

Share: