• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

क्लब लाई आफनो कार्य संचालन गर्न उचित भवन व्यवस्था मिलाउने वाचा :ससफोरमका सचिव झा

img

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा–१ भारदहको युथ क्लव द्वारा समाजिक जागरण तथा सांगठनिक सहकार्य बिषयमा एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

युथ क्लब भारदहको आयोजना संचालित कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भिमराज मण्डल बिशिष्ट अतिथि ससफोरम प्रदेश नं.२ का सचिव सम्भु झा, अतिथि पूर्व भारदह अध्यक्ष पवन कुमार मण्डल, वि पि स्मा. माध्यमिक व्यवस्थापक प्रमानन्द मण्डल लगाइत समाजसेवी युवा महिला बिद्यार्थी को उपस्थिित रहेको थियो ।

कार्यक्रममा बिभिन्न बिषय बस्तुमा समाजमा रहेको कुरिती, लैङ्गिक भेदभाव बाल बिवाह, घरेलु हिंसा लागाइतका बिषयमा अतिथि द्वारा आफना मन्तव्यमा जानकारी दिदैं व्यख्या गरेका थिए ।

संस्थाका अध्यक्ष ज्ञानेन्द्र खडगाले भने हाम्रो युथ क्लव सामाजका लागी दिन प्रति दिन समाजिक गतिविधिमा संगलन रही समाजका कुरिति अन्तय गर्न लागी परेका छ । हाम्रो संस्था सवै संघ संस्था सँग सहकार्य गरी आगाडी बढन तयार रहेको छ । हाम्रो युथ क्लवलाई नेपाल सरकार तथा स्थानिय तहले हेला गरी कुनै किसिमको विकास तथा सहकार्यमा सहभागी गराएको छैन ।

कार्यक्रमा बोल्दै वडा अध्यक्ष भने म विकासका स्रोत हो हामीलाई प्रस्ताव दिनु हामी सहकार्य गर्ने तयार छौं । यस क्लवका उद्देश्य कार्यहरु हेर्दा म गर्वभावी महशुस गरीरहेका छौं, आज यस कार्यक्रममा देखिएका सहभागी तथा गतिविधिले अवश्य समाजीक कुरिती भेदभाव छुवाछुत अन्यत हुनेछ म विश्वास लिएको छु ।

त्यस्तै कार्यक्रममा बोल्दैं ससफोरमका सचिव सम्भु झा ले भने अहिले हाम्रो पार्टी नेतृत्व भएको सरकार प्रदेश नं. २ मा बिद्यामान छ प्रदेश सरकारले गर्ने पर्ने सम्पूर्ण सहकार्य गर्ने हामी पहल गर्दछु प्रतिबद्घता व्यक्त गरेका थिए । साथै यस संस्था लाई आफनो कार्य संचालन गर्न उचित भवन तथा होलको व्यवस्था मिलाउने वचा समेत दिनु भयो ।

कार्यक्रमको संचालन गुलाब मण्डलले गरेका थिए । कार्यक्रमा सहभागी भोगेन्द्र स्वराजीले मन्तव्य दिदै भन्ने हामी हरेक क्षेत्रवाट शौषित पिडित छौ, एका तिर देशका शासक वर्गले मधेशी माथि गरेको दमन अत्याचार,रङ्गभेदको सिकार आफनो हक प्राप्तीका लागी सहादत जस्तै अनेको तवर वाट मधेशी जनता गुलामीको दास तत्वमा जिवन जिउन बाध्य बनाएका छन । हामीलाई समाजलाई जागरुक गरि देशलाई समेत जागरुक बनाउने जरुरी छ भन्ने मन्तव्य व्यक्त गरेका थिए ।

img

Share: