• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

खडक नगरपालिका अस्त व्यस्त , कमिसनको चलखेलले काम प्रभावित

img

राजविराज ।   खडक नगरपालिकाका प्रशासकिय कार्यकारी अधिकृत निरज कुमार देव परिपक्क नहुदा त्यहाँका सबै कार्यहरु अस्त व्यस्त भएका छन ।
१८ वटा स्थानीय तह मध्ये सबभन्दा कम विकासीय काम भएको उक्त स्थानीय तहमा कमिशनकै लागि कामहरु हुन सकेको अवस्था छैन । नगरपालिकाभित्र कामका लागि उपभोक्ता समितिहरु ग्ठन भएको छ, तर सम्झौतालाई अन्यौलमा राखेको छ । ११ वटा वडा रहेको उक्त नगरपालिकामा विकासीय समाजिक कामका लागि नगरपालिकाले केही उपभोक्ता तथा गैर सरकारी संस्थासँग सम्झौता गरिएपनि कमिशनका कारण काम प्रभावित भएको स्थानीय एक युवाले बताए । नेपाल सरकारले गाउँ गाउँमा सिंहदरवारको सुविधा पठाएपनि सो नगरपालिकामा जनताले त्यसको कुनै पनि अनुभुति नभएको बताए ।
नगरपालिका भित्र प्रत्येक शिर्षकमा कमिशनको चलखेल गर्ने गरिएको नगरपालिकालाई भ्रष्ट अड्डा बनाएकोमा त्यहाँका जनता समेत आपत्ती जनाएका छन् । वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई अधिकृतले बजेटको लोभ देखाएपछि अधिकृतको अगाडी केही नबोलीकन भोट दिएका जनतालाई ठग्ने काम मात्र गरेको छ । नगरपालिकाको ठोस काममा वडा नं। ७ स्थित ३२ लाखको लागतमा रहेका ढलानको काम मात्र भएको त्यहाँका बुद्धिजिवीहरु बताउँछन् । दर्जनौ सम्झौता भएपनि ठोस काम नहुँदा कागजमा मात्र काम भएको अनुमान गर्न सकिन्छ । यस सम्बन्धमा नगरपालिकाका प्रमुख हेमायु हकले भने– धेरै ठाउँमा काम भइसकेको छ, केही वडाको हकमा अब काम शुरु हुने र त्यो कामलाई हामी नियमित अनुगमन गर्ने कार्यतालिका पनि बनाइसकेको बताए । उनले भने– सबै वडाहरुमा हामीले बजेट पठाईसकेका छौ, कार्य गर्ने जिम्मा वडा अध्यक्षहरुको हो । हामीले खर्च नभएका बजेटहरु अर्को विकासीय काममा पठाउनलाई मंगलवार बैठक गरिसकेका छौ । चाँडो नै बाँकी रहेका बजेटलाई पनि टुङ्गो लगाई कामलाई अगाडी बढाउने छौ ।
दुई पैसाको पत्रकार सँग किन कुरा गर्ने
नगरपालिकाका अधिकृत देवले सबै जनप्रतिनिधिहरुलाई बोलाएर भने कुनै पत्रकारहरु आयो भने मलाई सम्पर्क गर्न भन्नुस् । तपाईहरु कुनै प्रतिक्रिया वा समाचारको श्रोत हुने खालको अभिव्यक्ति नदिनुस् । पत्रकारहरु भनेको एक चियााम बिक्ने खालको हुन्छ । हाम्रो अड्डामा आयो भने हाकिम साँबले सबै प्रतिक्रिया दिनुहुन्छ उहासँगै कुरा गर्नुस भनेर म कहाँ पठाउनु होला निर्देशन दिंदै वडा अध्यक्षहरुलाई भने । पत्रकारहरु भनेको पैसाकै लागि कार्यालय चहार्दै हिडिरहेको हुन्छ । त्यसैले केही नभनिकन म सँग कुरा गर्न लगाउनुहोला अधिकृतले भने ।
एक वडा अध्यक्षले नाम नबताउँने शर्तमा भने पत्रिकामा मेरो नाम नछापदिनुहोला नभई वडामा गईरहेको बजेट पनि रोक्का हुनेछ ।

महिलाले पाएनन् बृद्धा भत्ता

वडा नं. ७ का दलान बत्ती तेलिनले बिगत १ वर्ष देखि बृद्धा भत्ता नपाएको अवस्था छ । उनको समस्या हो नगरपालिकाको कम्प्यूटर अभिलेखमा नाम दर्ता छुट भएको छ । तर उनको समस्यालाई नगरपालिका भित्र कसैले सुनिदिंदैनन् । लगभत ३ महिनादेखि नगरपालिका धाउँदा पनि उनको समस्यालाई कसैले सुनेन् । दलान बत्तीले भनिन्– म एक पटक ४ हजार भत्ता पाएको छु कम्प्युटर अभिलेखमा मेरो नाम छुट्याएका कारण मलाई अहिले सम्म अभिलेखमा नाम चढाउँन वडा कार्यालयमा बोलाईसकेको छ । तर कसैले गर दिंदैन म भत्ता पाउँनबाट बन्चित छु उनले भने– म जस्तै धेरै महिलाहरुको नाम अभिलेखमा छुटेको छ । त्यसलाई सच्याईदिन सम्बन्धित निकायसँग माग गर्दछु ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी