भुपदेव माली, भारदह । हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय हनुमाननगर सप्तरीको आर्थिक सहयोगमा तथा परिर्वतन मानव विकास समाजले लक्षित बर्गका महिला तथा युवतीहरुको उत्थानका लागि लक्षित कार्यक्रम अन्तर्गत ७ दिने मैनवत्ती बनाउने तालिमको उद्घाटन गरेको छ ।
समाज बौवा लाल यादवको अध्यक्षतामा तथा नगरपालिका वडा–३का वडा अध्यक्ष विजय कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न, उद्घाटन कार्यक्रममा बोल्दै यादवले जबसम्म महिलाको विकास हुदैन तवसम्म नगरको विकास हुन नसक्ने बताउदै मैनवत्ती बनाउनेतालिमले महिलाहरूमा सीप सिक्ने अवसर प्राप्त भएको र यसलाई लगनशीलताका साथ सीप सिकि दक्ष महिला बन्न आग्रह गरे ।
उद्घाटन कार्यक्रमा अतिथिमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व सभापत्ति धिरेन्द्र प्रसाद साह तथा प्रशिक्षक संतोष साह र मनोज कुमार मेहता लगाइत २५ जना सहभागीहरुको उपस्थिित रहेको थियो ।
उद्घाटन सम्पन्न कार्यक्रममा बोल्दै साहले भने महिलाहरुलाई संविधानमा अधिकार दिएपनि महिलालाई दक्ष बन्न सरकारले उचित व्यवस्था गर्ने सकेको छैन तर स्थानियतह का गरेकोे पहल सराहनीय छ यस तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरी जिवन उकासन मद्दत गर्छ ।