• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

निर्वाचनका बेला पार्टी ले दिएका आश्वासन र गरेका बाचा पूरा आग्रह :सप्तरीबासी

img

सप्तरी । ओली सरकारमा दुई मन्त्री पदमा समावेश भएका संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आम मधेशी जनताको चेतावनी । यस बर्ष संविधान संशोधन बिना सरकारमा गएको र पटक पटक भन्दै आएको संविधान संशोधन विना सरकारमा नजाने अपबाद अभिव्यति दिदै मिडियामा हाईलाइट हुन मनगडन्त कुरा बोल्ने आम मधेशी जनतालाई मुर्ख बनाउने कार्य बन्द गर्न अव संविधान संशोधन विना मधेश आएमा ती विर सहिदहरुको रगतलाई मजाक बनाउने प्रयास गरेमा आम मधेशी जनताले मधेश प्रवेश निषेध गर्ने चेतावनी दिएका छन ।

बिगत एक दशक भन्दा बढी देखि मधेशी जनताको नाममा राजनैतिक गर्दे आएको ससफोरम नेपाल कुनै न कनै कारण मधेशी जनताको पिडा लाई खुरचर्ने कार्य गर्दे आएको आरोप आम मधेशी नागरीक भोगेन्द्र शार्माले लागाएका छन । अव मधेशीको नाम बेचेर सत्ताको राजनिति गर्ने अधिकार हामी दिदैनो । यो अन्तिम पटक हो यस पटक को सरकारमा आफनो अधिकार सुश्चित गर्न सकेन भने हामी सम्पूर्ण मधेशी समुदायले उपेन्द्र जी लाई मधेश निषेध गर्ने छौ भने चेतावनी दिए ।

यसै सन्दर्भमा ससफोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव भन्नु हुन्छ हाम्रो पार्टी सरकार समावेश हुने अवश्र पाएका छन एक महिना भित्र मधेशको सम्पूर्ण समस्याहरु समाधान हुनेछ । मधेशी जनताको दुःखलाई केन्द्रिय सरकारको माध्यमले समाधान गर्न हाम्रा पार्टी अध्यक्षे हमेशा प्रत्यशिल रहनेछ । मधेशका बिद्यमान समस्याहरु र सप्तरी विकासका लागी तिव्रता साथ लागी पर्ने बताएका छन ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादवलाई निर्वाचनका बेला पार्टी ले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका छन् । संघीय फोरमकै इस्तियाक राइन शहरी विकास मन्त्री बनेका छन् । दुवैले शुक्रबारै शपथ ग्रहण गरेर कार्यभारसमेत सम्हालेका छन् ।
अव पनि आम जनता सँग गरेका वाचा पुरा गरिएन भने ससफोरमको दुरभाग्य हुनेछ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी