• img
  • img
img img img
Categories
राष्ट्रीय विजनेश समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ गर्दे यादव भने तेल भारत तिर तस्करी भइरहेको छ ।

img

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले भारतमा भन्दा पेट्रोल र डिजेल २० रुपैयाँ भन्दा बढी सस्तो हुँदा नेपालबाट तेल तस्करी भइरहेको बताएका छन् ।

सोमबारको संसद बैठकमा उनले भारतमा भन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले तेल तस्करी भइरहेको बताएका हुुन् ।

‘अहिले पनि नेपालबाट दिनको धेरै मात्रामा तेलहरु बोर्डरपारी जाने गरेको छ, गाडी आउँछन् तेल भर्छन् लग्छन्’ उनले भने ‘अझै तेल घट्यो भने आयल निगम डुब्ने हुन्छ ।’

गत शनिबार मूल्यवृद्धिपछि पनि आयल निगमलाई ३७ करोड रुपैयाँ घाटा रहेको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ गरे ।

img

Share: