काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ ।
पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीलाई रिहा गर्न माग गरेको हो । चौधरीलाई रिहा गरी सपथको व्यवस्था गर्नु पर्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

साथै टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल भएको नेता यादवले बताए ।