विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । अहिले ११ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै प्रदेश १ को सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।