• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

मधेशी पत्रकार समाजको प्रादेशिक भेला सम्पन्न, नयाँ कार्यसमिति चयन

img

काठमाण्डौं । अधिकारका लागी पत्रकारीता नाराका साथ मधेशी पत्रकार समाज पत्रकारहरुको हकहितको लागि गठन भएका नेपाल पत्रकार महासंघको आंगिक संगठनको रुपमा रहेको छ ।
मधेशी पत्रकार समाजको प्रदेश नं। ३ तथा उपत्यका केन्द्रित प्रादेशिक कमिटीको चयन तथा भेला सम्पन्न गराएका छन ।

भेलामा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री प्रेस सल्लाकार डा. कुन्दन अर्याल तथा
बिशिष्ट अतिथि मधेश मिडिया हाउसका अध्यक्ष डा.अहिराज जी लगाएत २०० जना भन्दा बढी मिडिया कर्मीहरुको सहभागीता रहेका थिए ।

प्रदेशीय भेलामा बिभिन्न क्षेत्रवाट मधेशी समाज र मधेशका लागी हक हित अधिकारका लागी लडने र धर्म संस्कृति परम्पराको पहिचान गराईएको कार्य दक्ष को आधारमा सम्मानित समेत गरेका थिए ।


समाज नेपालको संघीय संरचना अनुसार प्रदेश नं। ३ केन्द्रित पत्रकारिता गर्ने पत्रकारहरुको प्रादेशिक भेलाबाट नयाँ कार्यसमिति चयन गराएको छ ।
कार्यसमितिका पदाधिकारीहरुको नाम र पद यसप्रकार छ ः
अध्यक्ष ःविजय यादव
उपाध्यक्ष ः निवेश कुमार
उपाध्यक्ष ः संदिप कुमार वैश्य
महिला उपाध्यक्षः अर्चना झा
महा९सचिवः सर्फूल्लाह अंसारी
सचिवः विजेता चौधरी
सचिवः सन्ध्या विडारी
कोषाध्यक्षः आशा साह
सदस्यः सुष्मा कर्ण
सदस्यः लिलानाथ गौतम
सदस्यः संजय कुमार प्रजापति
सदस्यः कृष्णमुरारी मिश्र
सदस्यः जितेन्द्र देव
सल्लाहकारः मोल्लिम अंसारी
सल्लाहकारः प्रकाश तिमिल्सिना

img

Share: