• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मुस्लिम धर्मालम्बीले आज इद उल फित्र पर्व मनाउँदै

img

सप्तरी,२ असार, । मुस्लिम धर्मालम्बीले आज इद उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम धर्मालम्बी बाहुल्य क्षेत्रमा मात्रै होइन, सप्तरीलगायत देशका विभिन्न भागमा यसको रौनक देखिएको छ ।

बिहानैदेखि विशेष नमाज पढ्न मस्जिद र खुला स्थानमा भीड लागेको छ ।


शनिबार सप्तरीका तीन स्थानमा विशेष नवाज वाचन गरिएको छ । राजविराजमा रहेको मस्जिद, भारदह मस्जिदमा मात्रै होइन, खुलाठाउमा समेत विशेष नवाज वाचन गरियो ।

नवाज वाचनमा वृद्ध–वृद्धादेखि बालबालिकासम्मको उपस्थित दर्शनीय थियो ।

शनिबार विशेष नमाज पाठ गरेर तीन दिनसम्म ठूलाबडासँग आशीर्वाद लिएर यो पर्व मनाइन्छ ।

img

Share: