• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

माइतीमा बोलाएर पतिको हत्या गरेको आरोपी, पत्रकार सम्मेलन गरी सार्वजनिक

img

सप्तरी । माइतीमा बोलाएर पतिको हत्या गरेको आरोपमा पक्राउ परेकी सप्तरीको राजविराज नगरपालिका ९ मलेठकी २३ वर्षीया अञ्जना साह र उनका बाबु रामदयालविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गर्दै मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताएको छ।


अन्जना र रामदयालले अत्यधिक मदिरा सेवन गरी आएका दिपेन्द्रले दुर्व्यवहार गर्न थालेपछि आवेशमा आई सामान्य कुटपिट गरेको प्रहरीमा बयान दिएका छन्। प्रहरीले भने सम्वेदनशील अंगमा गहिरो चोट लागेका कारण दिपेन्द्रको मृत्यु भएको जनाएको छ।

सप्तरी प्रहरीका डिएसपी भावेश रिमालले भने, ‘पोस्टमार्टम रिपोर्ट अनुसार संवेदनशील अंग तथा शरीरका विभिन्न भागमा गरिरो चोट लागेका कारण दिपेन्द्रको मृत्यु भएको हो।’

गत बिहीबार मलेठस्थित ससुराली आएका बेला हनुमाननगर कंकालिनी नगरपालिका ३ त्रिकौल निवासी २८ वर्षीय दिपेन्द्र मण्डलको हत्या भएको थियो। प्रहरीले सोही दिन अन्जना र ५५ वर्षीय बाबु रामदयाललाई पक्राउ गरेको थियो। अञ्जना मृतक दिपेन्द्रकी कान्छी श्रीमती हुन्।

img

Share: