• img
  • img
img img img
Categories
प्रदेश समाचार स्वास्थ्य

नोबेलको शिविरबाट महिनामै २० हजार बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

img

बिराटनगर, ४ असार । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।

०७५ जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेसम्म पूर्वका बिभिन्न जिल्लामा २१ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँ–गाउँका बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार मोरङ, झापा, सुनसरी, धनकुटा, संखुवासभा, सप्तरी, उदयपुर लगायत जिल्लामा निःशुल्क शिविर गरिएको छ । धनकुटाको पाख्रीवास, झापाको बनियानी र गौरादहमा आयोजित निःशुल्क शिविरमा बिरामीको अत्याधिक चाप थियो ।

निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे पनि निःशुल्क उपलब्ध गराईएको छ । स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् । अधिकांस शिविरमा दम रोगी, आङ खस्ने समस्या भएका महिला, छाला रोगी र हाडजोर्नी सम्बन्धि समस्याका बिरामी बढी मात्रामा आएका थिए ।
उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘दुरदराजका गरिव बिरामीलाई लक्षित गरेर नियमित निःशुल्क शिविर सञ्चालन गर्दै आएका छौ ।’ डा.शर्माले भने ‘नोबेललाई नाफामुखी हैन सेवामुखी भावले अघि बढाईरहेका छौ ।’

नोबेलको निःशुल्क शिविरमा बिरामीको उपचार गरिदै

०७४ सालको अवधिमा नोबेलले पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गर्नुका साथै अस्पतालबाट ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरिएको थियो । पछिल्लो समय नोबेलले तुलनात्मक रुपमा शिविरको संख्या बढाउँदै लगेपछि लाभान्वित हुँने बिरामीको संख्या पनि ह्वात्तै बढेको हो ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी