• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा ११० नाघे

img

काठमाडौं,४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलेका चीन भ्रमण टोलीमा सरकारीभन्दा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको संख्या करिब तेब्बर बढी भएको छ ।

प्रधानमन्त्रीको अफिसियल टोलीमा २८ जना छन् भने निजी क्षेत्रका विभिन्न संघ संस्था र सञ्चारमाध्यमका प्रतिनिधिहरुको संख्या जोड्दा ११० नाघेको छ ।

ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य सहित गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ गरी चारजना मन्त्री रहनेछन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र नेकपाका नेता तथा विदेश मामिला विज्ञ डा. राजन भट्टराई पनि टोलीमा छन् ।

त्यस्तै संघीय संसदका सांसदहरुमध्ये नेकपाका जनार्दन शर्मा, प्रेम आले, जयपुरी घर्ती, विशाल भट्टराई र नैनकला ओझा भ्रमण दलमा परेका छन् । नेपाली कांग्रेसका राजेन्द्र केसी, पार्वती डिसी चौधरी, राजपाबाट निर्जला राउत र संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव भ्रमण दलमा परेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी