• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सरसफाई सम्बन्धी तीन दिने तालिम सुरु

img

राजविराज, असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित श्री राप्राबिमा सुक्रबार देखि ३ दिने सरसफाई सम्बन्धी तालिम सुरु भएको छ ।

सामाजिक संरक्षण तथा मानव बिकास नेपालले आयोजना गरेको ३ दिने गाउँपालिका स्तरीय पुर्ण सरसफाई सम्बन्धी तालिमा ४० जना बिभिन्न बालकल्बका बिद्यार्थीहरुलाई सहभागिता गराइएको संस्थाका अध्यक्ष जितेन्द्र देवले बताउनुभयो ।

तिलाठी कोइलाडी गाउँपालिकाको सहयोगमा आयोजित तालिमका प्रशिक्षण सुरेन्द्र गुप्ताले तालिम दिनुुहुन्छ ।

बडा अध्यक्ष लक्ष्मी मण्डलको प्रमुख अतिथ्यमा सुरु भएको उक्त तालिमको उदघाटन सत्रमा पत्रकार अरुण कुमार यादव, श्री राप्रावि बिद्यालय सडेपारका प्रअ मनुलाल यादव र प्रशिक्षक सुरेन्द्र गुप्त लगायतकाले शुभकामना मतब्य ब्यक्त गर्नुभएको थियो ।

img

Share: