• img
  • img
img img img
Categories
शिक्षा समाचार

एसर्ईई को नतिजा कमजोर नरहेको दावी

img

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसर्ईई) को नतिजा कमजोर नरहेको दावी गरेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले पाठ्यक्रम अनुसार पठनपाठन नभएका कारण एसईईको नतिजा कमजोर देखिएको पनि स्पष्ट पारेका छन् ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पाठय्क्रमको उद्देश्य अनुसार पठनपाठन गराउन पनि सबै विद्यालयहरुलाई सचेत गराए ।

अध्यक्ष पौडेलले ग्रेडिङका कारण एसर्ईईको नतिजा कमजोर देखिएको भनाई सत्य नभएको स्पष्ट पारेका छन् ।

उनले लगानीको अभावमा सरकारी विद्यालयको पठनपाठन कमजोर भएको तर्क गर्दै एसर्ईईको परीक्षा प्रणालीमा भने व्यापक सुधार आएको दावी गरे ।

शनिबार सार्वजनिक एसर्ईईको परीक्षाको नतिजा कमजोर देखिएको छ । तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले भने नतिजा कमजोर नभई पठनपाठन कमजोर रहेको तर्क गरे ।

‘एसर्ईई परीक्षाको नतिजामा सुधार ल्याउन पाठयक्रम अनुसार पठनपाठनमा सुधार ल्याउनुको विकल्प छैन, प्रा. डा.अध्यक्ष पौडेलको भनाई छ ।

बोर्डले एसईईको नतिजा अपेक्षा अनुसार नभएको भने स्वीकार गरेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी