• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने

img

जनकपुरधाम । प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

घाइतेको प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री विजयकुमार यादवले जानकारी दिए । सहयोग दिने मापदण्ड सरकारले निमार्ण गरिसकेको र सख्त घाइतेको अवस्था हेरेर अधिकतम ३ लाखसम्म र अन्य घाइतेको अवस्था हेरेर सहयोग उपलब्ध गराउने उनले बताए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी