काठमाडौं । विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा छलफल जारी रहँदा अधिकांश सांसद भने गायब भएका छन् । केही दिनयता जारी छलफलका क्रममा सांसदहरु उपस्थित हुने क्रम घट्दो छ ।
सोमबारको बैठकमा उपस्थित सांसदहरुले पनि अनुपस्थित भएका सांसदहरुबारे प्रश्न गरेका थिए । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलमा सहभागी हुने सांसदहरुको संख्या नगन्य थियो ।