राजविराज, १२ असार । सप्तरीको खडक नगरपालिकाका महिला तथा किशोरीहरुले यौन तथा प्रजनन अधिकारको बारेमा खुलेश बहश गर्न थालेका छन ।
यसअघि यौन तथा प्रजनन अधिकारको बारेमा खुलेश चर्चा गर्न समेत लाँज हुने त्यहाँका महिला तथा किशोरीहरुले अहिले एक तालिममा सहभािग भएपछि खुलेश नै बहश गर्न थालेकी हुन । खडक नगरपालिकाको सहयोग तथा सोसाईटी वेलफेयर मिसन नेपालको आयोजनामा कल्याणपुरमा आयोजित प्रजनन स्वास्थ्य सम्बन्धि तीन दिने तालिममा सहभागि महिला तथा किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा यसरी खेलेश नै बहश र चर्चा गरेका छन ।
तालिममा सहभागि आशा कुमारी चौधरीले यौन तथा महिलाहरुको विभिन्न गोप्य अङ्गका साथै प्रजनन स्वास्थ्यका बारेमा तालिमका प्रमुख अतिथि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजका जेनेरल फिजिसियन तथा ग्यानोलिष्ट डा.रंजित कुमार झालाई सिधै प्रश्न गर्ने यौन सम्पर्क गर्दा कसरी र कुन तरीकाबाट गर्ने तथा कस्तो अवस्थामा गर्दा गर्भ रहने नरहने लगायतका विषयमा खुलेश नै चर्चा गरेका छन । चौधरी जस्तै तालिममा सहभागि अधिकांशले यौन तथा प्रजनन अधिकारका बारेमा यसरी खुलेश बहश गरेका छन ।
आयोजक संस्थाका अध्यक्ष मिथिलेश्वर साहको अध्यक्षतामा आयोजित सो तालिमको समुदघाटन समारोहमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव ,पत्रकारद्धय शुभ नारायण यादव ,विद्यानन्द राम ,तालिमका प्रशिक्षक डम्बर नारायण साह ,लक्ष्मी कुमारी चौधरी ,देवी लुईटेल ,सुस्मा यादव,शंकर यादव ,संतोष कुमार रामलगायतका बक्ताहरुले आ आफनो धारणा राख्नुभएको थियो । उक्त तालिममा स्थानीय ८० जना महिला तथा किशोरीहरुको सहभािगता रहेको छ भने तालिममा धर्मनाथ यादवले सहजिकरण गर्नुभएको छ ।