• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

विपद् ब्यवस्थापन समिति गठन

img

सप्तरी, १२ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ७ स्थित रा.प्र.वि.मा कोशी पिडित समाजको सहयोग एवं हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ७ को आयोजनामा एक आम भेला गरी विपद व्यबस्थापन समिति गठन गरिएको छ । वडा नं. ७ का वडाअध्यक्ष लक्ष्मी दास (पुगो बावा) को संयोक्त्वमा १६ सदस्यीय मुल समिति तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु समेत गरी ३ वटा उप समिति गठन गरिएको छ ।

मुल समितिमा संयोजक लक्ष्मी दास वडाअध्यक्ष, सचिव जवाहर साह, वडा कार्यलय सचिव, सदस्यद्वय रुना कुमारी मिश्रा लगाएतका १६ सदस्यीय समिति गठन गरिएको हो । नेपाली काँग्रेसवाट मोहन अग्रवाल, फोरम नेपालबाट अनिरुद्ध यादव, नेपाल कम्युनिट पार्टीबाट गणेश ठाकुर र राजपा नेपालवाट बद्रि नारायण दास समेत रहेको सो समितिको तिन ओटा उपसमिति समेत गठन गरिएको छ ।

पूर्व सूचना कार्यदलमा ७ सदस्यीय समिति, खोज तथा उद्धार कार्यदलय ७ सदस्यीय समिति र प्राथमिक उपचार कार्यदलमा ७ सदस्थीय समिति गठन गरिएको हो । भेलाको अध्यक्षता वडा नं. ७ का वडाअध्यक्ष लक्ष्मी दास ले गर्नु भएको थियो । विपदको बेलामा उद्धारका लागि गर्नु पर्ने कार्यहरुको सम्बन्धमा अध्यक्षता दासले प्रकाश पार्दै कार्यक्रमलाई समापन गरिएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी