• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा (फोटो सहित)

img

काठमाडौँ । बुधबार रातीदेखि परेको वर्षाका कारण भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको छ ।

सडक समेत डुबानमा परेपछि बिहिबार विहान जिल्लाको यातायात सेवा नै अस्तव्यस्त बन्न पुग्यो ।

सवारी साधनहरुनै डुब्ने गरी सडकमा पानी जम्मा भएपछि एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भएको थियो ।

सडकमा अस्वभाविक रुपमा पानी जमेपछि जिल्ला प्रहरी कार्यालय भक्तपुरले बनेपा तर्फबाट काठमाडौं आउने एकतर्फी सवारी मात्र चल्न दिएको थियो ।

भक्तपुरको ठिमी–निकोसेरा, जगाती–लिवाली, मनोहरा खोला आसपाको सड्क जलमग्न हुँदा यातायात प्रभावित भएको थियो ।

जसले गर्दा आफ्नो गन्तव्य पुग्न पर्ने यात्रु, विद्यार्थी तथा कर्मचारीहरु अलपत्र परेका थिए ।

अहिले वर्षा रोकिएपछि यातायात दुवै तर्फ सञ्चालनमा आएको छ ।

img

Share: