• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार सुचना प्रविधि

भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना

img

विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ ।

उत्तर प्रदेशको नोएडामा सामसुङले मोबाइल प्लान्ट स्थापना गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनसँगै सामसुङको उक्त कारखाना उद्घाटन गर्नेछन् ।

सामसुङले ८० अर्ब रुपैयाँ बराबरको लागतमा उक्त उद्योग स्थापना गरेको हो ।

यस उद्योगबाट वर्षेनी १२ करोड गोटा मोबाइल फोन उत्पादन गर्ने लक्ष्य रहेको छ । अहिले नोएडा र तमिल नाडुमा रहेका कारखानाबाट ६ करोड ७० लाख गोटा फोन उत्पादन हुने गरेका छन् । नोएडामा सन् १९९७ मा उक्त कारखाना स्थापना भएको थियो र सन् २००५ मा त्यसबाट मोबाइल फोनको उत्पादन सुरु भएको यिो । सन् २०१२ मा सामसुङको एस सिरिजको फ्लागसिप स्माटफोन ग्यालेक्सी एस थ्री नोएडाको कारखानामै तयार गरी लञ्च गरिएको थियो ।
सामसुङ किन आयो भारतमा रु

चीन र अमेरिका जस्ता सम्पन्न देशहरुलाई छाडेर सामसुङले यति ठूलो मोबाइल कारखाना किन भारतमा स्थापना गर्यो रु भन्ने अहम् प्रश्न छ । जबकी चीन विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादक देश हो । चीनमा सबैभन्दा सस्तो देखि सबैभन्दा उच्च गुणस्तर सम्मका मोबाइल फोन उत्पादन हुने गर्दछन् । जसका कारण चीन विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादन हब बनेको छ । यहाँ विश्वका धेरै कम्पनीका कारखाना रहेका छन् ।

यता भारतीय मोबाइल फोनको बढ्दो बजारमा आफ्नो पडक बनाइराख्नका लागि सामसुङले पछिल्लो समयमा हरसम्भव प्रयास गरिरहेको छ । सोही रणनीति अनुसार उसले नोएडामा विश्वकै ठूलो मोबाइल उत्पादन गर्ने कारखानाको निर्माण गरेको हो । यो कारखानाबाट वर्षेनी उत्पादन हुने १२ करोड मोबाइल फोनसँगै सामसुङले भारतीय बजारमा आफ्नो स्थिति निकै मजबुत बनाउने अपेक्षा गरिएको छ ।

img

Share: