बिराटनगर । नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ।
डा. केसी अनशन बसेको १९ दिन बितिसक्दा पनि उनका माग सम्बोधन गर्न र जीवनरक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै संघले देशव्यापी स्वास्थ्य हडताल आह्वान गरेको हो।
संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो। संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने छ।
यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने संघको दाबी छ।