• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

कोचाबखारी शत प्रतिशत बिद्यालय भर्ना घोषणा

img

राजविराज । यस बर्षको पहिलो पल्ट सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज शत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको छ ।

स्फोन्सरशिप कार्यक्रम अन्र्तगत सेद द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले जिल्लाको कोचाबखारी स्थित श्री राप्राबि बिद्यालयमा आयोजना गरेको बिद्यालय पुर्ण घोषणा समाहरो कार्यत्रमममा बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा भर्ना गरि आज सत प्रतिशत बिद्यालय भर्ना कार्यक्रमको आयोजना गरेका छन ।

एक समाहरोका बिच प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादवले दिप प्रजोलन गरी कार्यक्रमको उद्धघाटन गर्नुभयो ।

सो क्रममा छिन्नमस्ता गाउँपालिकाका वडा नं. ५ र ६ का ५ वर्ष देखि १२ बर्ष भित्रका बिद्यालय बाहिर रहेका ९९१ जना बालबालिकालाई सो राप्राबिमा भर्ना गरि शत प्रतिशत पुर्ण बिद्यालय भर्ना गरिएको छ ।

जस मध्ये ४७३ जना छात्रा र ५१८ जना छात्रलाई बिद्यालय बाहिर रहेकाहरुलाई बिद्यालयमा भर्ना गरिएको सेभ द सप्तरीले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बीरेन्द्र प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको शत प्रतिश बिद्यालय भर्ना कार्यक्रममा लोखरम प्राबिका प्रअ बिनोनन्द ठाकुर, राप्राबि कोचाबखारीका प्रअ तेजनारायण मण्डल , सेभ द सप्तरीका कायृत्रम संयोजक गोपाल प्रसाद चौधरी, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यत्रम संयोजक खिलानाथ निरौला र जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति योगेन्द्र प्रसाद यादव, लगायतकाले शुभकामना मत्ब्य दिएको थियो ।

त्यस्तै कार्यक्रममा बिभिन्न बालकलबका बालबालिकाहरु ऋाफनो नृतय प्रस्तुत गरेका थिए ।

यसअघि गत बर्ष पनि सेभ द सप्तरीको जिल्लाको साविकको सात वटा गाविसलाई लक्षित गरि सत प्रतिशत बिद्यालय भर्ना गरेका थिए ।

img

Share: