• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मेरो पहिलो बच्चा सम्बन्धी पाँच दिने तालिम सुरु

img

राजविराज । स्फोनसरशिप कार्यक्रम अन्र्तगत मेरो पहिलो बच्चा कार्यक्रम सम्बन्धी बिभिन्न सहजकर्ताहरुलाई पाँच दिने तालिम सुरु गरेको छ ।

सवल नेपालले राजविराजमा आयोजना गरेको तालिममा प्राथमिक स्वास्थ्य केन्द्र अन्र्तगत साबिकको कल्यानपुर गाविसको ९ वटै वडालाई लक्षित गरी मेरो पहिलो बच्चा कार्यक्रम सम्बन्धी तालिमको आयोजना गरेको हो ।

९ वटै वडाका १८ जना महिलाहरुलाई सहभागि गरि तालिम सुरु गरिएको सवल नेपालले जनाएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा आयोजना गरेको उक्त तालिममा जिल्ला जनस्वास्थ्य कार्यालयको अबिका औली, सबल नेपालका कार्यक्रम स्वास्थ्य संयोजक शिवशंकर यादव लगायतकाले प्रशिक्षण दिईरहेको सवल नेपाल फिल्ड औफिसर ममता यादवले जानकारी दिनुभयो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी