• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

राजपा नेपाल महाधिवेशनको तयारीमा जुट्न, पार्टीका सबै संगठनहरुलाई ‘सर्कुलर’ जारी गर्ने निर्णय

img

काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई ‘सर्कुलर’ जारी गरेको छ।

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टीको शिर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई ‘सर्कुलर’ जारी गर्ने निर्णय गरिएको नेता राजकिशोर यादवले जानकारी दिए। बैठकमा संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल पनि गरिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने लिखित सहमति गरेपछि सरकारलाई समर्थन गरेको थियो। सोही सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार पुनः भेट गर्ने निर्णय पनि गरिएको नेता यादवले बताए।

img

Share: